श्रीलंकाको उदाहरण दिँदै कमल थापाले भने- नेपालमा पनि दल र नेता समयमै सचेत हौं – Nepal Press

श्रीलंकाको उदाहरण दिँदै कमल थापाले भने- नेपालमा पनि दल र नेता समयमै सचेत हौं

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले श्रीलंका उदाहरण दिँदै जनताको धैर्यताको बाँध भत्किन सक्ने चेतावनी दिएका छन् ।

‘भ्रष्टाचार, महँगी, आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किन्छ भन्ने पछिल्लो उदाहरण श्रीलंका हो’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालमा पनि केही वर्षयता विदेशी हस्तक्षेप मौलाउँदै गएको भन्दै थापाले चिन्ता जनाएका छन् ।

उनी लेख्छन्, ‘नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएको छ । राजनीतिक दल र नेताहरू समयमै सचेत हुनु जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर