मानुषिमाथि सरिता तिवारीकाे आराेप: दुर्व्यवहारबारे सुनाउँदा असंवेदनशील जवाफ दिइन् – Nepal Press

मानुषिमाथि सरिता तिवारीकाे आराेप: दुर्व्यवहारबारे सुनाउँदा असंवेदनशील जवाफ दिइन्

काठमाडौं । लेखक सरीता तिवारीले फेसबुक लाइभ मार्फत २०७२ सालमा आफूमाथि संगीत स्रोताले गरेको यौन दुर्ववहारबारे जसपा नेतृ मानुषी यमी भट्टराईलाई सुनाएको बताएकी थिइन ।

सरीताका अनुसार यसपछि मानुषीले संगीत र उसका साथीहरूसँग छलफलमा बसेपछि ‘तपाईंको किताब रिभ्यु नलेखिदिएर बदला लिनका लागि यौन दुर्ववहारको आरोप लगाउनु भएको हो ?’ भनेर उल्टै आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् ।

तर, संगीत स्रोताले भने सरीताको सबै आरोप फेसबुक स्टाटस मार्फत् इन्कार गरेका छन् ।

सरिता तिवारीले लगाएको सम्पूर्ण आरोप पूर्णतः कल्पित, बदलाभावले युक्त, पूर्वाग्रहप्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा भएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर