त्रिवि लापरबाही : बीबीए छैटौँ सेमेस्टरको आजको परीक्षा पनि रद्द – Nepal Press

त्रिवि लापरबाही : बीबीए छैटौँ सेमेस्टरको आजको परीक्षा पनि रद्द

काठमाडौं । विद्यार्थीको आन्दोलनपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए छैटौँ सेमेस्टरको नेपाली राजनीतिक र समाज विषयको परीक्षा पनि रद्द भएको छ । अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा रद्द गरिएको जनाइएको छ ।

आज भएको उक्त विषयको परीक्षामा पाँचौँ सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरू आएको भन्दै बागदरबारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूले नाराबाजीसहित आन्दोलन गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको लापरबाहीविरुद्ध विद्यार्थीहरू आन्दोलित भएपछि आजको विषयको पनि परीक्षा रद्द गरिएको हो । यस पटकको परीक्षामा २२ गते भएको संस्थागत व्यवहार विषयको प्रश्न पत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले जनाएका छन् ।

जसमा एउटा कलेजको प्रि–बोर्डको प्रश्न परेपछि विद्यार्थीले दिएको परीक्षा स्थगित गरी साउन १ गते फेरी लिने भनिएको छ । तर सूचनामा भने कुनै कारण नखुलाइएको विद्यार्थीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *