माधव नेपाल भन्छन्- गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ, मलाई गिरिजाले (भिडिओ) – Nepal Press

माधव नेपाल भन्छन्- गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ, मलाई गिरिजाले (भिडिओ)

रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएपछि इमानदारीसाथ पालो दिएको बताएका छन् ।

‘जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो’, बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा नेता नेपालले भने, ‘उहाँमा राजनीतिक इमानदारी थियो ।’

उनले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा त्यो निरन्तर रहने जनाए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनको भनाइ छ ।

उनले भने, ‘स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ । महानगर र उपमहानगरसहित धेरै ठाउँमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं । अझै सफलता पाउनेछौं ।’

नेता नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएकोसमेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो । निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’


प्रतिक्रिया

One thought on “माधव नेपाल भन्छन्- गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ, मलाई गिरिजाले (भिडिओ)

  1. अर्काेले अध्यक्ष जित्याे भनेर, मन्त्री खान पाईएन भनेर पार्टी फुटाउने तिमीहरूजस्ता दुई काैडीका विचार भएकाहरूले देश बनाउने त कुरै छाेडाैं अब सकिने हाे । जनताले चिनिसके । दलाली गर्ने मात्रै हाे तिमीहरूकाे काम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर