बुढिगंगा १० मा पनि एमाले विजयी – Nepal Press

बुढिगंगा १० मा पनि एमाले विजयी

कैलाली । बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् ।

विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याएका छन्, भने मोहन बहादुर बुढाले ४ सय ८१ मत ल्याएका छन् । सोही वडा बाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ काँग्रेसका उम्मेदवार रङ्ग बहादुर खातिको ४ सय ३६ मत ल्याएका छन् ।

उपप्रमुख एमाले उम्मेदवारको ५ सय ७५ र नेपाली काँग्रेस उपमेयर ४ सय ७१ मत ल्याएका छन् । बुढिग‌गाको यो भन्दा पहिला वडा नम्बर एकमा पनि एमाले विजयी भएको छ ।

१७ सय ७८ मतदाता रहेको वडामा ११ सय ९ मत खसेका थिए । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर