यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट – Nepal Press

यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

काठमाडौ । काठमाडौं महानगरले स्वर्गीय र्‍यापर अनिल अधिकारी उर्फ यम बुद्धको शालिक निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०७९/ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर  १५ लाख  रुपैयाँ छुट्टाएको छ । गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात आज शुक्रबार सर्वसम्मत पास भएको हो ।

यम बुद्ध नेपाली र्‍याप क्षेत्रका अग्रज कलाकारका रुपमा चिनिन्छन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । बालेन साह यम बुद्दद्वारा संचालित र्‍याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ र्‍याप ब्याटलमार्फत नै र्‍याप क्षेत्रमा परिचित भएका हुन् ।


प्रतिक्रिया

2 thoughts on “यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

  1. माधव नेपालले आफ्नै बाउको त प्रचण्डले आफ्नै छोराको सालिक बनाए। अहिले बालेन साहले जड्याहा र्यापर [ज-यापर] यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याए। उनीहरूले सालिक बनाउन बाउ छोरा रोजे बालेनले आफैजस्तै ज-यापर रोजे।

    आत्महत्या गरेर जीवन सक्नेहरूको सालिक बनाउनु भनेको जीवनमाथिको उपहास हो।

    बालेनलाई आदर्श मान्नेहरू भ्रममा छन्। हिजो त्यो भ्रमले बालेनलाई मेयर बनायो अब बजेटको दुरूपयोग?

  2. यो काम तत्काल रोकौ बालेनजी । आफ्नो लोकप्रियताको मजाक न उडाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर