सरकारले नागरिकता विधेयक फेरि संसदमा पेश गर्ने, एनआरएनलाई राजनीतिक अधिकाररहित नागरिकता – Nepal Press
मन्त्रिपरिषद् बैठक

सरकारले नागरिकता विधेयक फेरि संसदमा पेश गर्ने, एनआरएनलाई राजनीतिक अधिकाररहित नागरिकता

काठमाडौं । सरकारले नयाँ नागरिकता विधेयक संसद्मा पेस गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले पहिले प्रस्तावित विधेयकमा केही महत्त्वपूर्ण संशोधन गरी संसद्मा पेस गर्ने निर्णय लिएको खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो । अब फेरि नागरिकताबाट वञ्चित नागरिकहरूलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन लागेको गहतराजले बताए ।

विधेयकमा नेपालको संविधानमा उल्लेख भएअनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने प्रावधान उल्लेख छ । उनीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार रहने गरी नागरिकता दिने विधेयकमा उल्लेख छ । यो विधयेक जस्ताको तस्तै पारित भए एनआरएनहरुले नेपालमा व्यवसाय खोल्ने, उद्योग धन्दा खोल्ने, सांस्कृतिक कर्म गर्ने अधिकार प्राप्त गर्नेछन् । तर, भोट हाल्ने र चुनावमा उम्मेदवार हाल्ने अधिकार पाउँदैनन् ।

यसैगरी नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपाली नागरिकता दिने भनिएको छ, तर समय सीमा उल्लेख गरिएको छैन । बाबु विदेशी तर आमा नेपाली भएकाहरुले नागरिकता पाउने बाटो बिधयेकले खाेल्ने छ ।

प्रतिक्रिया

One thought on “सरकारले नागरिकता विधेयक फेरि संसदमा पेश गर्ने, एनआरएनलाई राजनीतिक अधिकाररहित नागरिकता

  1. ७ वर्षकाे व्यवस्था हटाउन अहिलेकाे भारतकाे दलाल सरकारले विधेयक फिर्ता लिएकाे प्रष्ट छ । प्रचण्ड र देउवा त स्पष्ट भारतीय दलाल भएकाे पुष्टि हुन अब के बाँकी रह्याे र ? देश नसिध्याई प्रचण्ड राजनीतिबाट हट्दैन । देश बेचुवा हुन् यी । अबकाे चुनावमा प्रचण्ड, देउवालाई जनताले धूलाे नचटाए देश सिक्किम बन्छ । पद पाए जे गर्न पनि तयार हुन्छन् यी दुई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर