संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्रका हवल्दार जेलमा – Nepal Press

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्रका हवल्दार जेलमा

काठमाडौं । संगठनको गोप्य सूचना तथा जनशक्तिको विवरण सम्बन्धी विवरण सञ्चार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोपमा सशस्त्रका एक वरिष्ठ हवल्दार जेल चलान भएका छन् ।

संवेदनशील सूचना भाइबर लगायत सामाजिक सञ्जाल मार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको आरोपमा सशस्त्र प्रहरी बल २५ चण्डिका गण पर्वत दरबन्दी भई काजमा दार्चुलामा कार्यरत नरेशसिंह शाहु थुनामा पठाइएका हुन् ।

संगठकाविरुद्ध बेनामी उजुरी समेत हालेको छानबिन प्रतिवेदन पछि उनलाई थुनामा पठाइएको हो । जनशक्ति लगायतको विवरण पत्रकारहरूलाई अनधिकृत रूपमा उपलब्ध गराएको आरोप उनीमाथि छ ।

सशस्त्र प्रहरी ऐन¸ २०५८ को बर्खिलाप काम भएको भन्दै सशस्त्र प्रहरी विशेष अदालतमा यही असार २२ गते मुद्दा दायर गरिएको थियो । सोही बमोजिम शाहुलाई आज २४ गते थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

आरोप प्रमाणित भएमा निजलाई सर्वस्व सहित जन्मकैद हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *