कर्णाली सरकार परम्परागत रूपमा बढ्न खोज्दा सदन अवरुद्ध : नेता कँडेल – Nepal Press

कर्णाली सरकार परम्परागत रूपमा बढ्न खोज्दा सदन अवरुद्ध : नेता कँडेल

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले परम्परागत रूपमा बजेट ल्याएका कारण सदन अवरुद्ध गर्नुपरेको बताएका छन् ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कँडेलले विगतमा भएका सहमतिअनुसार बजेट नआएका कारण सदन अवरुद्ध भएको बताए ।

उनले भने, ‘अभिलेख रहने गर, विगतमा सात बुँदे सहमति भएको थियो । त्यसका आधारमा सरकारले बजेट ल्याएको भए यो समय खर्चनु पर्ने थिएन ।’

उनले मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका विभिन्न विषयमा १२ गते लगत्तै सहमति भएको भए समय खेर जाँदैनथ्यो भने ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको स्टाटसमाथि टिप्पणी गर्दै नेता कँडेलले अमर्यादित भाषा र शैली प्रयोग गरेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोप लगाए ।

मुख्यमन्त्री शाहीले केहि दिन अघि सामाजिक सञ्जालमा ‘भुसिया कुकुरको काम नै नचिनेको मान्छेलाई भुक्दै हिडने हो । जब अगुल्टोले हनाई पाउँछ अनि कुई कुई गर्दै भाग्ने हो ।’ भनेर स्टाटस लेखेका थिए ।

उनले प्रदेशको सीमा नाघेको बजेट आएको बताउँदै त्यसमा आफूहरूको विमति रहेको बताए ।

‘माथिल्ला निकायको कमजोरीको रूपमा बुझिनु हुँदैन भनेर यसलाई छलफलको विषय बनाएका थियौँ । कर्णाली प्रदेश सभाको बैठकमा बस्ने, दार्चुलाको योजनामा ताली बजाउने काम कसरी हुन्थ्यो ? त्यही आधारमा हामीले विरोध गरेका हौँ,’ उनले भने, ‘संविधानको मर्म र संघीयताको धारणा अनुसार भूमिका निर्वाह गर्न कर्मचारीतन्त्रले पनि बनाउनुपर्ने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर