हुम्लामा ३०० रुपैयाँ किलो चामल : सांसद शाही (भिडिओ) – Nepal Press

हुम्लामा ३०० रुपैयाँ किलो चामल : सांसद शाही (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लाका जनताले ३ सय रुपैयाँ केजी चामल खानुपरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘सडक सञ्जालमा नजोडिएको जिल्ला हुम्ला अहिलेसम्म नेपाल खाद्य संस्थानको चामलबाट बाँचिरहेको छ,’ उनले भनिन्, ‘उताबाट १० हजार क्वीन्टल माग भएर आयो, यहाँबाट २ हजारमात्र स्वीकृत भयो ।’

हुम्लाको उत्तरी भेग नाम्खा गाउँपालिकामा ७ हजार चामल माग भएर आउँदा हिल्सा नाका बन्द भएकोले त्यहाँबाट आउन नसकेको पनि सांसद शाहीले बताइन् । ‘जहाजले मनोमानी भाडा बढाउदा जनताले ३ सय रुपैयाँ किलोमा चामल खानुपरिरहेको छ । गरिब हुम्ली जनताले यो किनेर खान सक्दैनन्,’ उनले भनिन् ।

सरकारले तत्काल हुम्लाको तल्लो क्षेत्रका १० हजार क्वीन्टल र माथिल्लो क्षेत्रमा ७ हजार क्वीन्टल चामल उपलब्ध गराउनुपर्ने उनले बताइन् ।


प्रतिक्रिया

One thought on “हुम्लामा ३०० रुपैयाँ किलो चामल : सांसद शाही (भिडिओ)

  1. तिम्रै पार्टीका नेताले दलालहरूसँग मिलेर बढाएका हुन् । बढेकाे मूल्य दलाल व्यापारीसँग भाग लिएर प्र.म.सम्म पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर