गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन – Nepal Press

गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

काठमाडौं । जापानको नारामा आयोजना गरिएको एक चुनावी सभालाई सम्बोधन गरिरेका बेला गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको उपचारका क्रममा निधन भएको छ ।

नारा स्थिति साइदाइजी स्टेसन अघि आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरिरेहेका बेला उनि माथि एक ४१ बर्षीय पुरुषले गोली प्रहार गरेका थिए । गोली प्रहार पछि घाइते भएका आबेलाइ हेलिकप्टर मार्फत हस्पिटल लगिएको थियो ।

अचेत अवस्थामा उपचार गराइरहेका आबेको केही बेर अघी निधन भएको संचार माध्यमहरुले जनाएका छन ।

घटनामा संलग्न ४१ बर्षीय पुरुषलाइ नियन्त्रणमा लिएको र अनुसन्धान भैरहेको प्रहरीलाइ उद्दृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *