महिला युरोः नर्थन आयरल्यान्डविरुद्ध नर्वेको फराकिलो जित – Nepal Press

महिला युरोः नर्थन आयरल्यान्डविरुद्ध नर्वेको फराकिलो जित

काठमाडौं । महिला युरो अन्र्तगत समूह चरणको खेलमा नर्थन आयरल्यान्डलाई ४–१ गोलको नजितामा पराजित गर्दै नर्वेले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति सेन्ट म्यारिज स्टेडियममा भएकोे खेलको १०औं मिनेटमा जुलि ब्लाकस्टाडले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको तीन मिनेट नबित्दै फ्रिडा मानुमले गोल गर्दै नर्वेको अगैता दोब्बर पारिन् ।

कारोलाइन ग्राहाम हानसेनले ३१औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नर्वेको अग्रता ३–० बनाइन् । पहिलो हाफमै तीन गोलको अग्रता लिँदै नर्वे नर्थन आयरल्यान्डमाथि हावि बनेको थियो ।

खेलको ४९औं मिनेटमा जुलिइ नेल्सनले नर्थन आयरल्यान्डका लागि सानत्वना गोल फर्काइन् । उनको गोल नर्थन आयरल्यान्डको जितका लागि पर्याप्त बन्न सकेन ।

गुरो रेइटेनले ५४औं मिनेटमा गोल गर्दै नर्वेको जित ४–१ ले सुनिश्चित गरिन् । जितसँगै नर्वे तीन अंक जोडेर समूह‘ए’को शिर्ष स्थानमा उक्लिएको छ । समान तीन अंक जोडेको इङल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

अस्ट्रिया र नर्थन आयरल्यान्ड अंकविहिन छन् । आज हुने समूह‘बी’ को पहिलो खेलमा स्पेन र फिनल्यान्ड नेपाली समय अनुसार राति ९ः४५ बजे भिड्दैछन् ।
बुधबार राति भएको उद्घाटन खेलमा आयोजक इङल्यान्डले अस्ट्रियालाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर