बुढीगंगाको मतगणना आज बिहानबाटै थालिने – Nepal Press

बुढीगंगाको मतगणना आज बिहानबाटै थालिने

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुन: मतदानको गणना केही बेरमा सुरू हुँदैछ ।

त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेको थियो ।

हिजो ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर