पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले गरे दोस्रो बिहे, केजरीवालले निभाए पिताको जिम्मेवारी – Nepal Press

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले गरे दोस्रो बिहे, केजरीवालले निभाए पिताको जिम्मेवारी

काठमाडौं । भारतको पञ्जाब प्रान्तका मुख्यमन्त्री भगवन्त मानले बिहीबार दोस्रो बिहे गरेका छन् । मानले आफूभन्दा १६ वर्ष कान्छी डा. गुरमित कौरसँग दोस्रो बिहे गरेका हुन् ।

विवाहमा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले भगवन्त मानको पिताको जिम्मेवारी निभाएका छन् । आम आदमी पार्टीका अर्का नेता राघव चड्डाले भाइको जिम्मेवारी निभाए ।

भगवन्तको सन् २०१५ मा पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएको थियो । मानका पहिलो श्रीमतीबाट दुई छोरा र एक छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर