बुढीगंगामा मतदान सकियो, आजै मतगणना हुने – Nepal Press

बुढीगंगामा मतदान सकियो, आजै मतगणना हुने

कैलाली । बाजुराको बुढीगंगामा मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

१० बुथका १९ मतदान केन्द्रमा मतदान भएको थियो । १३ हजार ६५९ मतदातामध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे भने तथ्याङ्क लिने काम भइरहेको निर्वाचन अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनले समग्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको बताए । वडा नम्बर ९ को मतदान केन्द्रमा विवाद भए पनि पछि अवस्था सामान्य भएको उनले बताए ।

उनका अनुसार आजै मतगणना सुरु हुनेछ । ‘मतदान सकिएको छ । अब सर्वदलीय बैठक बसेर आजै मतगणना हुनेछ’, उनले नेपालप्रेससँग भने ।

यहाँ प्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङ्ग खाती चुनावी मैदानमा छन् । वैशाख ३० गते विवादका कारण निर्वाचन आयोगले यहाँको चुनाव आजको लागि मिति तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर