सात राजनैतिक दलले भने- पालिकामा हतियार लिएर जानेलाई कारबाही होस् – Nepal Press

सात राजनैतिक दलले भने- पालिकामा हतियार लिएर जानेलाई कारबाही होस्

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा हतियारसहित प्रवेश गरेकाहरूलाई कडा कारबाही गर्न यहाँका सात राजनैतिक दलले माग गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले घटनामा संलग्न रहेकाहरूलाई कारबाही गरेर कर्मचारीहरूलाई काम गर्ने वातावरण सृजना गर्न पनि माग गरेका छन् ।

बुधबार वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेका बेला स्थानीय वीरबहादुर बोहरा, भूपेन्द्र रावल र रामप्रसाद चौलागाईंलाई हतियारसहित प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले कर्मचारीलाई धम्कीसमेत दिएका थिए ।

एमाले, कांग्रेस, माओवादी, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

कर्मचारीलाई हतोत्साहित नहुन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर