भोलिबाट सरकारी भुक्तानी रोकिने, जरुरी खर्च के हुन्छ ? – Nepal Press

भोलिबाट सरकारी भुक्तानी रोकिने, जरुरी खर्च के हुन्छ ?

काठमाडौं । भोलिबाट सरकारी भुक्तानी रोकिने भएको छ ।  महालेखा नियन्त्रणको कार्यालयले एक सूचना जारी गरेर भोलिबाट सरकारी भुक्तानी रोकिने बताएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भुक्तानी रोकेको हो ।

नियमावलीको नियम ३० मा केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने व्यवस्था रहेको छ ।

संघीय सरकारले जरुरी खर्च गर्नु परे थप बजेट पाए मात्रै भुक्तानी हुने छ । स्थानीय र प्रदेश सरकारको भने पुर्णरुपमा भुक्तानी रोकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर