गहुँजन्य सामग्रीको निर्यातमा पनि भारतले लगायो रोक – Nepal Press

गहुँजन्य सामग्रीको निर्यातमा पनि भारतले लगायो रोक

काठमाडौं । भारतले गहुँजन्य सामग्रीमा निर्यातमा पनि रोक लगाएको छ। गहुँको निर्यातमा रोक लगाएको केही समयपछि गहुँबाट बन्ने पिठो, मैदा र सुजीको निर्यातमा पनि रोक लगाइएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।   यसअघि भारतले चिनी लगायतको वस्नु निर्यातमा रोक लगाईसकेको छ।

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेर अब आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा निर्यात लगाइएको जनाएको छ । निर्यात रोक्नु भन्दा पहिले नै भन्सार बुझाएका र जहाजमा लोड भएको गहुँबाट बनेका वस्तु निर्यात भने रोकिने छैन। भारतले गहुँ निर्यात बन्द गर्दा नेपालमा गहुँबाट वस्तु उत्पादन गर्ने उद्योग प्रभावित बनेका थिए।  अब नेपालमा पनि त्यी ती वस्तुको अभाव हुनसक्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *