सिमा सुरक्षामा जस्तोसुकै प्रतिकुलता रहेपनि सबै पक्ष चनाखो हुनुको विकल्प छैन – नेपाली सेना – Nepal Press

सिमा सुरक्षामा जस्तोसुकै प्रतिकुलता रहेपनि सबै पक्ष चनाखो हुनुको विकल्प छैन – नेपाली सेना

काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले समस्या जतिसुकै जटिल र विकराल भएपनि सिमा सुरक्षामा सम्बद्ध सबै पक्ष चनाखो हुनुको विकल्प नभएको बताएका छन्।

नेपाली सेनाको सिमा अनुगमन तथा सर्भे निर्देशनालयले आयोजना गरेको नेपालको अन्तर्राष्ट्रिय सिमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयको दुई दिने सेमिनार समापनमा बोल्दै प्रधान सेनापती शर्माले राष्ट्रको सुरक्षालाई सुदृश बनाउन सिमा सुरक्षाको भुमिका महत्वपूर्ण हुने बताए।

उनले सिमा सुरक्षामा नेपाली सेना सँधै प्रतिबद्ध रहेको बताउँदै सम्बद्ध पक्षहरुबीच निरन्तर सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए। यसअघि सेमिनारको उद्घाटनमा रक्षासचिव किरणराज शर्माले सिमा सुरक्षालाई प्रविधि मैत्री बनाउन आवश्यक कदमहरु सारिएको बताएका थिए।

सेमिनारमा सिमा सुरक्षाका विविध पक्षहरुबारे अन्तर्क्रिया र छलफलहरु भएका थिए। नेपाली सेनाका रथी तथा अधिकृत, विभिन्न मन्त्रालयका सहसचिवहरु, सिमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरी र शसस्त्र प्रहरीका डीआईजीहरु, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत सेमिनारमा सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *