खातामा पैसा नभएको चेक काटेपछि २० लाख रुपैयाँ जरिवाना भएका व्यक्ती पक्राउ – Nepal Press

खातामा पैसा नभएको चेक काटेपछि २० लाख रुपैयाँ जरिवाना भएका व्यक्ती पक्राउ

काठमाडौं। खातामा पैसा नभएको जान्दाजान्दै चेक काटेपछि २० लाख रुपैयाँ जरिवाना भएका व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उदयपुरको त्रियुगा स्थायी घर भई काठमाडौंको टोखा बस्दै आएका ६० वर्षीय केदार गिरीलाई पक्राउ गरेको हो।

२०७६ कात्तिक १५ गते गिरीले एक व्यक्तिका नाममा उक्त चेक काटेकामा पछि बाउन्स भएको थियो। त्यसपछि पिडित अदालत पुगेपछि गिरीलाई २० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय भएको थियो। ब्युरोको टोलीलाई गिरीलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर