वीरगञ्जबाट भारततर्फ गइरहेको ट्रकमा २७० केजी गाँजा – Nepal Press

वीरगञ्जबाट भारततर्फ गइरहेको ट्रकमा २७० केजी गाँजा

काठमाडौं। वीरगञ्जबाट भारततर्फ गइरहेको ट्रकमा २७० केजी गाँजा भेटिएको छ ।

वीरगञ्ज उपमहानगरपालिका– २१ परवानीपुरबाट भारततर्फ गइरहेको भारतीय नम्बरको ट्रकमा गाँजा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

चालक बस्ने क्याबिनमा उक्त गाँजा लुकाइएको अवस्थामा बरामद भएको हो । प्रहरीले ट्रकसहित चालक र अर्का एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै भारतीय नागरिक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर