प्रेम सुवालको प्रस्ताव- अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट खारेज गरेर नयाँ पेस गरौं – Nepal Press

प्रेम सुवालको प्रस्ताव- अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट खारेज गरेर नयाँ पेस गरौं

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रीको राजीनामा भइसकेको अवस्थामा उनले प्रस्तुत गरेको बजेट पनि खारेज गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘गोपनियता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित भनिएको बजेट खारेज गरी नयाँ बजेट पेस गर्नु जरुरी छ’, उनले भने, ‘अर्थमन्त्रीको पार्टी, गोपनियता भंग गर्ने पार्टीका अध्यक्ष र सरकारका प्रधानमन्त्री दुबैलाई यसबारे जिम्मेवार बनाउनु जरुरी छ ।’

यस्तै कांग्रेसका नेता शेखर कोइरालाले यो सरकारका पालामा संस्थागत भ्रष्टाचार बढेको भन्ने अभिव्यक्ति दिएकाले प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानबिन हुनुपर्ने सांसद सुवालले बताए ।

उनले भने, ‘नेकाका सभापतिका उम्मेदवार शेखर कोइरालाले यो सरकारको पालामा संस्थागत भ्रष्टाचार बढेको भन्नुभएकाले प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ ।’

यस्तै सांसद सुवालले मन्त्रिपरिषद्ले एसपीपी खारेज गर्ने निर्णयलाई ‘अध्ययन हुँदैछ’ भनेर पत्राचार नगर्ने परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई ‘कारबाही किन हुँदैन ?’ भनी प्रश्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर