माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध, प्रचण्ड परिवारबाटै चारजना – Nepal Press

माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध, प्रचण्ड परिवारबाटै चारजना

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरुमा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डले पेश गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो ।

विरोधका कारण केहीबेर बैठक अवरुद्ध भयो । प्रस्तावित नामप्रति नेतृत्व नै अलमलमा परेका बेला हलबाट मापदण्डमाथि प्रश्न उठाइएपछि पारित हुन सकेको छैन । प्रस्तावित नाम र विनामापदण्ड बनेको कमिटीबाट निराशा फैलिएको बैठकका सहभागीले गुनासो गरेका छन् ।

मधेस प्रदेशबाट सबैभन्दा बढी विरोध भएको छ । शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेकालाई अहिलेसम्म विभेद गरिएकै कारण आज एमाले बलियो बनेको र माओवादी कमजोर बनेको बताए ।

सदस्यहरुले मापदण्ड के हो भनेर प्रश्न गरेका छन् । यसैबीच पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट चार सदस्य परेका छन् ।

प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलोपटक बनेका छन् ।

बैठकमा विवाद बढेपछि अध्यक्ष प्रचण्डले अन्तिम नामावली तय गर्न एक घण्टालाई बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

One thought on “माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध, प्रचण्ड परिवारबाटै चारजना

  1. माओवादी भनेको प्रचण्ड एण्ड कम्पनी न परो कसरी अरूले स्थान पाउछन् ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर