बुढीगंगा नगरपालिकाको पुनः मतदानका क्रममा गोली चल्यो, एकघण्टापछि मतदान सुचारू – Nepal Press

बुढीगंगा नगरपालिकाको पुनः मतदानका क्रममा गोली चल्यो, एकघण्टापछि मतदान सुचारू

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भइरहेको पुनः मतदानका क्रममा प्रहरीले गोली चलाएको छ । वडा नम्बर–९ मा रहेको त्रिशक्ति माध्यमिक विद्यालयको बुथमा गोली चलेको हो ।

दुईपक्षबीच विवाद बढ्दै गएपछि निर्वाचनको माहोल नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यही तनावका बीच ११ देखि १२ बजेसम्म एकघण्टा मतदान कार्य रोकिएको थियो । त्यसयता भने मतदान कार्य सुचारू रुपमा चलिरहेको छ । अहिले सबैजसो बुथहरूमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

उनले दिउँसो २ बजेसम्म ५९ दशमलव ६३ प्रतिशत मत खसेको जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी विष्टका अनुसार कुल १३ हजार ६५९ मतमध्ये ८ हजार १४५ मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर