माओवादीमा अन्तर्घातको जाँचबुझ गर्न पूर्वन्यायाधीशलाई जिम्मा दिने प्रस्ताव – Nepal Press

माओवादीमा अन्तर्घातको जाँचबुझ गर्न पूर्वन्यायाधीशलाई जिम्मा दिने प्रस्ताव

प्रचण्डले भने- अहिले को न्यायाधीश खोज्दै हिँड्ने, टंक राईलाई नै जिम्मा दिउँ

काठमाडौं । नेकपा माओवादी केन्द्रमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठनको प्रस्ताव गरिएको छ । यद्यपि अध्यक्ष प्रचण्डले अहिले नै पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ गर्नु अनौठो हुने भन्दै सो प्रस्ताव स्थगन गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा मधेसमा भएको चरम अन्तर्घातको छानबिनका लागि नेता मात्रिका यादवले न्यायिक जाँचबुझ आयोग गठनको कुरा उठाएको प्रचण्डले बताए । तर, उनले टंक राई नेतृत्वको अनुशासन आयोग नै त्यसका लागि काफी रहेको बताए । राई कुनै गुटमा नरहेकाले उनलाई विश्वास गर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले मलाई यहाँ श्रीरामजीले (श्रीराम ढकाल) एउटा चिट दिनुभयो । मात्रिकाले पूर्वन्यायाधीशको अध्यक्षतामा अन्तर्घातको जाँचबुझ गर्ने भन्ने प्रस्तावको कुरामा । वास्तवमा यो प्रस्ताव आएकै हो र छलफल भएको हो । तर, अहिले को न्यायाधीश खोज्ने ? अनुशासन आयोग नै त्यसको लागि उपयुक्त छ भन्ने कुरा भयो । न्यायाधीशतिर जाँदा अलि बढी नै होला ।’

तर, चुनावमा एमालेको पैसा खाएर माओवादीका नेताहरुले भोट बेचेको आरोप लागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर