महिला युरोमा इङल्यान्डको विजयी सुरुवात – Nepal Press

महिला युरोमा इङल्यान्डको विजयी सुरुवात

काठमाडौं । आयोजक इङल्यान्डले महिला युरो २०२२ मा विजयी सुरुवात गरेको छ ।

बुधबार राति ओल्ड ट्राफेर्डमा भएको उद्घाटन खेलमा अस्ट्रियालाई १–० गोलको नतिजामा पराजित गर्दै इङल्यान्डले प्रतियोगिताको सुखद सुरुवात गरेको हो ।

खेलको १६औं मिनेटमा बेथ मेडले गरेको गोल इङ्ल्यान्डको जीतका लागि निर्णायक बन्यो । जीतसँगै समूह ‘ए’ मा रहेको इङल्यान्डले तीन अंक जोडेको छ ।

समूह चरणको दोस्रो खेलमा शुक्रबार समूह ‘बी’ का स्पेन र फिनल्यान्ड भिड्दैछन् । उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *