सुदूरपश्चिममा बैंक तथा वित्तीय साक्षरता कार्यक्रम – Nepal Press

सुदूरपश्चिममा बैंक तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरी उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

सहभागी करीब ३ सयभन्दा बढी विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था तिनीहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी गराएका थिए । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी दिएका थिए । उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकौं फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले विद्यार्थीहरुले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर