काठमाडौंको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा दुईजनाको मृत्यु – Nepal Press

काठमाडौंको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको खुलालटार र सानो भर्‍याङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका-९ खुलालटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको हो ।

साँखुबाट इन्द्रायणीतर्फ जाँदै गरेको बा. ५८प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर घाइते भएका केसीको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सानो भर्‍याङमा स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिँदा पछाडी सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनीको मृत्यु भएको छ ।

वनस्थलीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा. ९५ प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे दुर्घटना भएको हो ।

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर