मनै लोभ्याउने तेह्रथुमको सङ्लो ह्यात्रुङ झरना (फोटो फिचर) – Nepal Press

मनै लोभ्याउने तेह्रथुमको सङ्लो ह्यात्रुङ झरना (फोटो फिचर)

पोक्लवाङ (तेह्रथुम) । अहिले झरीको समय छ । बाढीपहिरो आउने समय पनि यही हो । पानीको आँखामा यो धमिलो समय हो । तर, तेह्रथुमको ३६५ मिटर अग्लो ह्यात्रुङ झरना भने सङ्लो झरिरहेको छ ।

कुहिरोको घुम्टो लाएको ह्यात्रुङ घरी अनुहार लुकाउँछ, घरी देखाउँछ। मध्य पहाडी राजमार्गले छोएको फेदाप गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमाना उभिएर झर्ने यो झरना हेर्ने आगन्तुकहरु दसैंतिहारताका धेरै हुन्छन् ।

तर, पानीको गज्जब मात्रा भने जेठ, असार र साउनमा हुने स्थानीय बताउँछन् । तेह्रथुम सदरमुकामबाट हलिमेला बजारसम्म पिच र बाँकी कच्ची सडक हुँदै पुगिन्छ झरना क्षेत्र । यो दूरी छिचोल्न स्थानीयलाई डेढ घण्टा र बाहिरी आगन्तुकलाई झन्डै तीन घन्टा लाग्छ ।

२०७४ सालमा कालिकोटको ३८१ मिटर अग्लो पचाल झरना पत्ता लाग्नु अगाडिसम्म ह्यात्रुङ नेपालको सबैभन्दा अग्लो झरना थियो । अहिले ह्यात्रुङ प्रदेश १ को सबैभन्दा अग्लो र देशको दोस्रो अग्लो भएको छ ।


प्रतिक्रिया

One thought on “मनै लोभ्याउने तेह्रथुमको सङ्लो ह्यात्रुङ झरना (फोटो फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *