अर्थमन्त्रीसहित ८ जनाविरुद्ध प्रहरीमा पुग्यो राप्रपाको जाहेरी, भारतीय नागरिक पनि तानिए – Nepal Press

अर्थमन्त्रीसहित ८ जनाविरुद्ध प्रहरीमा पुग्यो राप्रपाको जाहेरी, भारतीय नागरिक पनि तानिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री जनार्दन शर्मामाथि राज्यविरुद्धको अपराधसहित तीन वटा कसुरमा प्रहरीमा जाहेरी दिएको छ ।

शर्मासहित ८ जनाविरुद्धको जाहेरी बोकेर राप्रपा प्रवक्ता तथा सुशासन विभाग प्रमुख टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेका छन् ।

राप्रपाले दिन लागेको जाहेरीमा मुलुकी अपराध संहिता २०७४, विद्युतीय कारोबार ऐन २०६३ र भ्रष्टाचार निवारण ऐन २०५९ लाई आधार बनाइएको छ ।

जाहेरीमा अर्थमन्त्री शर्मासहित अवकाश प्राप्त अर्घाखाँची जिल्ला भूमिस्थान नगरपालिका घरभइ काठमाडौं बस्ने रघुनाथ घिमिरेलाई प्रतिवादी बनाइएको छ । यस्तै इन्फिनिटी होल्डिङ कम्पनीका फाइनान्स डाइरेक्टर भारतीय मूलका नागरिक उपेन्द्र हिरावतलाई पनि विपक्षी बनाइएको छ ।

अन्य विपक्षीहरूमा इन्फिनिटी होल्डिङका दीपक भट्ट, बहालबाला अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, सरकारको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, राजश्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् ।

बजेट भाषणको अघिल्लो रात २०७९ असार १४ गते अनधिकृत व्यक्तिहरू गैरकानूनीरुपमा अर्थमन्त्रालयमा प्रवेश गरी राज्य विरुद्धको कसुर गरी उक्त कसुरलाई ढाकछोप गर्न सीसीटीभी फुटेज डिलिट गराएर प्रमाण नष्ट गरिएको आरोप जाहेरीमा लगाइएको छ ।


प्रतिक्रिया

3 thoughts on “अर्थमन्त्रीसहित ८ जनाविरुद्ध प्रहरीमा पुग्यो राप्रपाको जाहेरी, भारतीय नागरिक पनि तानिए

  1. धेरै धेरै धन्यवाद टक्र्याउँदछु! ज्ञानेन्द्र शाही बाबुलाई……!!!

  2. छाड्न हुदैन कारवाहि गर्न पर्छ ज्ञानेन्द्र शाहिले जे गरे ठिक गरे समर्थनमा हामी छौ 👌

  3. इ देश दोरहि हरुको लुट कहिले सम्म सहने हो हामि नेपाली हरुले अव त तुरुन्त राज्य विरुद्ध को कसुर मा आजिवन जेल सजाय या मृत्यु डन्ड दिइयोस् हामि नागरिक कहिले सम्म इ भसटर हरुलाइ मलजल गरि गरि राख्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर