निवर्तमान अध्यक्ष नेत्रप्रसाद तिम्सिना समूहले रेडक्रस कार्यालयमा तोडफोड गर्‍यो : नेपाल – Nepal Press

निवर्तमान अध्यक्ष नेत्रप्रसाद तिम्सिना समूहले रेडक्रस कार्यालयमा तोडफोड गर्‍यो : नेपाल

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना समूहले अनधिकृत रुपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको छ ।

बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष तिम्सिना समूहले मंगलबार तोडफोड गरेको आरोप लगाएका छन् ।

निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित नभएको भन्दै उनले रेडक्रसको साखलाई उच्च राख्न चाहेको बताए ।

सरकारले जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त निर्णयविरुद्ध निवर्तमान अध्यक्ष तिम्सिना अदालत गएका छन् । उक्त मुद्दामा सर्वोच्चले दुवै पक्षलाई असार २७ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अदालतले त्यतिन्जेलसम्म तिम्सिनालाई हटाउँने निर्णय कार्यन्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । अदालतको आदेश लिएर कार्यालय प्रवेश गर्न खोज्दा नेत्र तिम्सिना समूहलाई प्रहरीले अवरोध गरेको थियो । उनीहरुले कार्यालयमै मंगलवार धर्ना दिएका थिए । एकले अर्को समूहमाथि आरोप लगाउँद पत्रकार सम्मेलन समेत गरेका छन् ।

सोसाइटीका अध्यक्ष नेपालले यस विषयमा अदालतले गर्ने निर्णय मान्य हुनेसमेत बताए ।

पत्रकार सम्मेलनमा रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *