‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै – Nepal Press

‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै

काठमाडौं । दुई वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले हालै विवाह गरेकी छन् ।

अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले केही दिनअघि कुनै समारोहविना कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् ।

दोस्रो विवाहसँगै मधुले संगीत क्षेत्रसँग ‘सम्बन्धविच्छेद’ गर्ने भएकी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।

एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’

विदेशिनुअघि अन्तिमपटक आफ्नो श्रीमान र परिवारसहित राखेर अन्तिम गीत गाउने इच्छा उनले व्यक्त गरिन् । ‘मलाई लोकसंगीतले धेरै चिज दिएको छ । दोहोरी क्षेत्रमा लागेर नै छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो’, उनले भनिन् ।

उनले एकल महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोण अझै राम्रो नभएकाले पुरुषको सहारा चाहिने पनि बताएकी छन् ।

‘एकल महिला भन्नेबित्तिकै फरक दृष्टिकोणले हेरिन्छ । तर म एउटा डिभोर्सी र १७ वर्षीया छोरीकी आमालाई उहाँले श्रीमतीका लागि स्वीकार्नुभयो । यो मेरो लागि धेरै ठूलो कुरा हो । मैले भगवान जस्तै श्रीमान पाएकी छु’, उनले भनिन् ।


प्रतिक्रिया

One thought on “‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै

Leave a Reply to Chetnath bhandari Cancel reply

Your email address will not be published. Required fields are marked *