न्युजिल्यान्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख उठाएर फरार युवती पक्राउ – Nepal Press

न्युजिल्यान्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख उठाएर फरार युवती पक्राउ

काठमाडौं । न्युजिल्यान्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो ।

पौडेल ६३ लाख २० हजार रुपैयाँ उठाएर फरार भएको दाबी पीडितको छ ।

कृषि कम्पनीमा काम पाइने र मासिक एक लाख ७० हजार रुपैयाँ कमाई हुने भन्दै पौडेलले युवाहरूलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

न्युजिल्यान्ड जान प्रति व्यक्ति आवश्यक भनिएको १२ लाख ५० हजार रुपैयाँमध्ये आधाभन्दा बढी रकम हात पारेपछि युवती फरार भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *