पूर्वमिस नेपाल सदीक्षा र राहुलले कसे लगनगाँठो (तस्वीरहरुसहित) – Nepal Press

पूर्वमिस नेपाल सदीक्षा र राहुलले कसे लगनगाँठो (तस्वीरहरुसहित)

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले आफ्नो लामो समयको प्रेम सम्बन्धलाई असार २१ गते वैवाहिक जीवनमा परिणत गरेका हुन् ।

मंगलबार गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा नेवारी रीतिरिवाजअनुसार स्वागत समारोहको आयोजना गरिएको थियो । स्रोतका अनुसार यो जोडीले आफ्नो विवाह समारोह पनि त्यही रात नै सम्पन्न गरेको थियो । विवाहमा आफन्त र नजिकका इष्टमित्रहरुमात्र उपस्थित थिए ।

पढाइमा अब्बल सदीक्षाका प्रेमी राहुल इतिहास रच्ने नेपाली खेलाडी हुन् । इन्डियन किक बक्सिङ च्याम्पियनसिपमा उनले तीनपटक स्वर्णपदक जितेका छन् ।

राहुल सन् २०१० को ‘विश्व पान एमेच्वोर किक बक्सिङ एसोसिएन’ को ६५ केजी समूहको विश्व च्याम्पियनसमेत हुन् । सन् २०१७ देखि उनले ‘मुएथाई’ नामक आफ्नै जिमखाना सञ्चालन गर्दै आएका छन् ।

राहुलमात्र नभएर सदीक्षा पनि गोल्ड मेडलिस्ट हुन् । थाइल्यान्डबाट एमबीए सकाएकी श्रेष्ठले थुप्रै गोल्डमेडलसहित राष्ट्रपतिको हातबाट विद्याभूषण पदकसमेत प्राप्त गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *