चन्द्रमा र मंगलग्रहमा बस्ती बसाउन कृत्रिम गुरुत्वाकर्षण तयार पार्दै जापान – Nepal Press

चन्द्रमा र मंगलग्रहमा बस्ती बसाउन कृत्रिम गुरुत्वाकर्षण तयार पार्दै जापान

टोकियो । जापानको क्योतो विश्वविद्यालयले भविष्यमा चन्द्रमा र मंगलग्रहमा समेत मानिसको बसोबासका लागि कृत्रिम गुरुत्वाकर्षण उत्पन्न गराउन सकिने बारे अनुसन्धान थालेको छ ।

क्योतो विश्वविद्यालयले आज एक पत्रकार सम्मेलनको आयोजना गरी काजिमा नामक एक कम्पनीसँग मिली संयुक्त अनुसन्धान सुरू गरेको बताएको हो । विश्वविद्यालयको मानव ब्रह्माण्ड विज्ञान अनुसन्धान केन्द्रले चन्द्रमा र मंगलग्रहमा मानिसको बसोबासका लागि पृथ्वीको जस्तै गुरुत्वाकर्षण अपरिहार्य रहेकाले यसको अनुसन्धान सुरू गरिएको बताएको छ ।

चन्द्रमा र मंगल ग्रहको सतहमा २०० मिटर ब्यास र २०० देखि ४०० मिटर उचाइको गिलास आकारको संरचना निर्माण गरी त्यसलाई केन्द्रापसारक बलका माध्यमले घुमाउदा गुरुत्वाकर्षण बल पैदा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आवासीय क्षेत्र निर्माणका लागि समुन्द्र र वनस्पतिजन्य पुन: उत्पादन गर्ने इकोसिस्टम तयार पारिने र मानव बाँच्न सक्ने आधार तयार गरिने प्रोफेसर योसुके यामाशिकीले बताए । उनका अनुसार त्यसका लागि आवश्यक सामान पृथ्वीबाट ढुवानी गरिनेछ ।

चन्द्रमा र मंगलग्रहबीचमा हिँड्न बुलेट ट्रेनजस्तै क्याप्सुल तयार गरी, ती क्याप्सुलहरु एकापसमा घुमाउँदा पृथ्वीको जत्तिकै गुरुत्वाकर्षण बल उत्पन्न हुने र त्यही गुरुत्वाकर्षण बलको सहायताले चन्द्रमा र मंगलग्रहमा आवात-जावात गर्न सकिने प्रोफेसर योसुकेले प्रष्ट्याए ।

एनएचकेको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर