मधेस प्रदेससभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुने – Nepal Press

मधेस प्रदेससभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरू हुने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरू हुने अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते गते बजेट पारित हुने उनले बताए ।

आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजोको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्न लागिएको हो ।

मधेस सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको थियो ।

– रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर