पोचेटिनोले छोडे पीएसजी – Nepal Press

पोचेटिनोले छोडे पीएसजी

काठमाडौं । मुख्य प्रशिक्षक मौरिको पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छोडेका छन् ।

करिब १८ महिना क्लबको प्रशिक्षण सम्हालेका उनले मंगलबार राजीनामा दिएको बीबीसीले जनाएको छ । करिब एक महिना अगाडि नै उनले क्लब छोड्ने संकेत गरेका थिए ।

नाइस क्लबका पूर्वप्रशिक्षक क्रिस्टोफ ग्लाटियरले उनको स्थानमा पीएसजीलाई प्रशिक्षण दिने अपेक्षा गरिएको छ ।

पोचेटिनोको प्रशिक्षणकालमा पीएसजीले १०औं लिग वान उपाधि जितेको थियो । जुन उनको पहिलो लिग सफलता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *