एक सचिव बढुवाका लागि तीनजनाको नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । रिक्त एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले डा. गोपीकृष्ण खनाल, दीपक काफ्ले र नारायणप्रसाद शर्माको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रोमा सिफारिस गरेको हो ।

खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख छन् । यस्तै शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औद्योगिक तथा लगानी प्रबर्द्बन महाशाखा प्रमुख छन् ।

सम्भवतः आज बस्ने मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा सिफारिस भएका सहसचिव खनाललाई सचिवमा बढुवा गर्नेछ । यही असार २२ गते अनिवार्य अवकाशमा जान लागेका लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईँले राजीनामा दिएपछि प्रशासनतर्फको एक सचिव पद रिक्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर