माओवादीसँग पार्टी एकता सोच्न सकिन्न, एमालेले चाहे गठबन्धन हुनसक्छ : झलनाथ – Nepal Press

माओवादीसँग पार्टी एकता सोच्न सकिन्न, एमालेले चाहे गठबन्धन हुनसक्छ : झलनाथ

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी संघ र प्रदेशको चुनावमा एमालेसँग गठबन्धन गरेर जान समाजवादी तयार रहेको बताएका छन् ।

एकीकृत समाजवादीको ६ घण्टा लामो सचिवालय बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै उनले त्यसका लागि एमाले तयार हुनुपर्ने बताए ।

खनालले तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना भने खारेज गरे ।

खनालले भने- ‘हामी एमालेसँग आगामी चुनावमा गठबन्धन गरेर जान तयार छौँ । त्यसका लागि उहाँहरू तयार हुनुपर्यो । एमाले पनि वामपन्थी समूह हो । हामी पनि वामपन्थी समूह नै हो । गठबन्धन बनाएर जाँदा कुनै समस्या नै हुँदैन ।’

उनले तोड्ने र फोड्ने कुरालाई एमाले र नेकपा एस दुवैलाई नोक्सान भएको बताए ।

खनालले सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र बामदेव गौतमसहित तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यसँगको भेटवार्ताबारे पनि कुरा उठेको जानकारी दिए ।

खनालले भने- ‘बैठकमा हिजो भएको भेटवार्ताको बारेमा कुरा उठेको हो । माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा होइन ।

स्थानीय तहको निर्वाचनमा माओवादी र काँग्रेस दुवै दलले हेपेको भन्ने बारेमा हामी तीन जनाबीच छलफल भएको कुरा बैठकमा राखिएको हो ।

खनालले माओवादीसँग पार्टी एकता हुन लागेको भनेर आएका हल्ला गलत रहेको समेत बताए ।

उनले भने- ‘पार्टी एकता गर्नका लागि त पहिले विचार मिल्न पर्‍यो । सिद्धान्त मिल्नपर्‍यो । नीति मिल्नपर्‍यो । बाटो मिल्न पर्‍यो नि ङ’ अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्न पनि सकिँदैन ।


प्रतिक्रिया

3 thoughts on “माओवादीसँग पार्टी एकता सोच्न सकिन्न, एमालेले चाहे गठबन्धन हुनसक्छ : झलनाथ

  1. वा ह ! क्या राम्रो कुरा कमरेड जेएनकाे । एमाले फाेर्ने बेलामा कांग्रेस र माओवादी प्याराे भए अब चुनाबकाे बेलामा एमाले चाहियो । एमाले विभाजन गर्नु महागल्ती थियाे भनी आत्माआलाेचना गरेर मुलघरमा फिर्नुहाेस । कार्यगत एकताकाे कुरा ठिक छैन ।

  2. बदमास खनाल ,हुतीहारा विचार, विचलित सोच,दिवंगत आत्मा। ओलीको पाउमा शरण लिदा भैगो त?

  3. माओवादीसंग पार्टी एकता सोच्न सकिन्न भनेको‍ = प्रचण्डले भावी राष्ट्रपतिको बचन रामचन्द्रलाई दिइसके ।
    एमालेले चाहे गठबन्धन हुन सक्छ = ओलीले भावी राष्ट्रपतिको बचन मलाई दिनु पर्छ ।
    तिमी नचिनेको म्या .. चिस हौ र ?

Leave a Reply to मुक्त चाम्लिङ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर