कामना सेवा विकास बैंकको बिना धितो कर्जा सम्बन्धी सम्झौता – Nepal Press

कामना सेवा विकास बैंकको बिना धितो कर्जा सम्बन्धी सम्झौता

काठमाडौं । खबर एक्सप्रेस र कामना सेवा विकास बैंक बिना धितो प्रोफेसनल कर्जा दिने एक सम्झौता भएको छ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा आज सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक रामचन्द्र खड्काले हस्ताक्षर गरेका छन् ।

कामना सेवा विकास बैंकले आफ्नो व्यवसायमा बिस्तारमा समेत उक्त सम्झौताले थप टेवा मिल्ने बताएको छ । भने, खबर एक्सप्रेसका कर्मचारीले सहज रूपमा बिना धितो कर्जा प्राप्त गर्ने छन् ।

कार्यक्रममा खबर एक्सप्रेसका प्रबन्ध निर्देशक रामचन्द्र खड्काले बैंकहरु मध्य कामना सेवा विकास बैंक हरेक कुरामा उत्कृष्ट रहेको बताए ।

सञ्चार माध्यममा कार्यरत कर्मचारीहरू लाई बिना धितो कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गर्नेमा खबर एक्सप्रेस पहिलो भएको खड्काको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर