प्रकाश विकल्पले ल्याए माओवादी रुपान्तरणको वैकल्पिक प्रस्ताव (पूर्णपाठ) – Nepal Press

प्रकाश विकल्पले ल्याए माओवादी रुपान्तरणको वैकल्पिक प्रस्ताव (पूर्णपाठ)

पार्टी स्खलित हुँदै गएको, पुँजीवादी चरित्र हाबी भएको र गुटबन्दी मौलाएको टिप्पणी

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश विकल्पले केही कमजोरी र अवसर केलाउँदै पार्टी रुपान्तरणको अवधारणा प्रस्ताव गरेका छन् । राष्ट्रियसभागृहमा हिजोदेखि जारी केन्द्रीय समिति बैठकमा विकल्पले २५ पृष्ठको अवधारणापत्र अघि सारेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, एकात्मक जातीय पितृसत्तात्मक तथा धार्मिक राज्यबाट आम नागरिकको राज्य निर्माणलगायत सामाजिक-राजनीतिक जागरणको क्षेत्रमा ठूलो योगदान गरेको उनको जिकिर छ । आज राष्ट्रिय राजनीति नै माओवादी आन्दोलनले स्थापित गरेका मुद्दामा हिँडिरहेकोमा गर्व गर्दै विकल्पले पार्टी स्खलित हुँदै गरेको भनेर रुपान्तरणको खाँचो औंल्याएका छन् ।

प्रतिस्पर्धाको राजनीतिले माओवादीलाई निर्वाचन केन्द्रित पार्टीमा सीमित गरिदिएको उनको ठहर छ ।

माओवादीमा पनि प्रारम्भिक चरणको पुँजीवादी चरित्र हाबी भएको भन्दै विकल्पले रूपान्तरणकारी पार्टीबाट पार्टी ‘सरकारी माओवादी’ मा सीमित भएजस्तो आभाष हुन थालेको बताएका छन् ।

‘सत्तामा पुगेसँगै पार्टी करिबकरिब सिर्जनशिलताविहीन हुन पुग्यो । गुटबन्दी मौलायो । तँछाड्मछाडको परिस्थिति उत्पन्न हुन थाल्यो । मेरो अध्ययनले भन्छ, गुटबन्दीको कारण चरम पुँजिवादी चरित्र, विधिविहीनता, जिम्मेवारी र लाभको न्यायोचित वितरण नहुँनु आदिबाट पैदा हुन्छ । हाल एकले अर्कालाई रोक्ने, क्षयमतावान नेता-कार्यकर्ताले उपर्युक्त जिम्मेवारी र नयाँ आइडियाले ठाउँ नपाउने, दुईचार जना नेताले जे सोच्यो त्यही अन्तिम सत्य हुनेजस्तो अन्य रूढिवादी पार्टीको रोग माओवादीमा पनि क्रमिकरूपमा झाँगिदो छ’ , उनले भनेका छन् ।

विकल्पले माओवादीको अबको बाटो समाजवादतर्फ लम्किनुपर्ने भन्दै त्यसका लागि सामाजिक न्याय, समृद्धि र समाजवादको अगुवाइ,सापेक्षित नितीको विकास र प्रयोग, साझा परराष्ट्र र विकास नीतिको पहल, व्यापक प्रशिक्षण, सूचना-प्रविधिको विकास र प्रयोग, सामुदायिक सहकारी, सामुहिक सहकारी, सामाजिक सुशासन महाअभियानजस्ता विषय अघि सारेका छन् ।

प्रकाशले आफ्नो अवधारणापत्रमा स्मार्ट पार्टी र स्मार्ट सरकार सञ्चालन विधिमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर