नवनियुक्त भारतीय राजदूतले भेटे गृहमन्त्री – Nepal Press

नवनियुक्त भारतीय राजदूतले भेटे गृहमन्त्री

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् ।

गृहमन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारे कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका लागि आग्रहसमेत गरे । राजदूत श्रीमावस्तवले पहल गर्ने आश्वासन दिएका छन् ।

भर्खरै जिम्मेवारी सम्हालेका राजदूत श्रीवास्तव केही दिनदेखि राजनीतिक तथा उच्च अधिकारीसँगको भेटघाटमा व्यस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर