जसपाले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको लिष्ट, आजै सपथ हुनसक्ने (सूचीसहित) – Nepal Press

जसपाले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको लिष्ट, आजै सपथ हुनसक्ने (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ३ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई यथावत् राखेर भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका हुन् ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै सपथ हुनेछ ।

बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर यादवले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।

जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाउने भएको हो ।

यीमध्ये महिन्द्र राय बाबुरामसँग जाने तयारी छ । उनको उपेन्द्र यादवसँग लामो समयदेखि विवाद छ । त्यस्तै फिर्ता हुन लागेका रेणुकुमारी यादव अध्यक्ष उपेन्द्रसँग निकट भएका कारण उनलाई फिर्ता बोलाउँदा पनि आफूसँगै रहने भएकाले नयाँलाई पठाउन लागिएको हो ।

फिर्ता हुन लागेका रामसहाय यादव पनि उपेन्द्रका विश्वासपात्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर