पत्रकार थापा कर्णालीको पर्यटन दूत नियुक्त – Nepal Press

पत्रकार थापा कर्णालीको पर्यटन दूत नियुक्त

सुर्खेत । दैलेखका भरतबन्धु थापालाई उद्योग व्यवसायी महासंघ कर्णाली प्रदेशले ‘पर्यटन दूत’ नियुक्त गरेको छ ।

कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखीकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्‍याए बापत थापालाई पर्यटन दूत मनोनीत गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।

‘उहाँले कर्णालीलाई चिनाउन आफ्नो क्षेत्रबाट अधिकतम प्रयास गर्नु भएको छ । उहाँका कारण अहिले कर्णाली दिनप्रतिदिन विश्वमा नै चर्चाको विषय बन्न थालेको छ ।’ कर्णालीको पहिचान बढाउन गर्नुभएको प्रयास आगामी दिनमा पनि बढोस् भन्ने हाम्रो चाहना हो । त्यही चाहना अनुसार उहाँलाई थप ऊर्जा मिल्ने अपेक्षाका साथ असार १७ गते बसेको कार्यकारिणीको बैठकबाट उक्त निर्णय गरेका हौँ ।’

दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘तस्बिरमा नेपाल’ सहित पाँच वटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन् । थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *