प्रचण्डको प्रतिवेदन- एमसीसी अनुमोदन बाध्यता, एसपीपी रोक्नु सफलता – Nepal Press

प्रचण्डको प्रतिवेदन- एमसीसी अनुमोदन बाध्यता, एसपीपी रोक्नु सफलता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्नु बाध्यता भनेका छन् ।

पार्टीको आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले बाध्यात्मक रूपमा एमसीसी पारित गर्नुपरेको भने पनि त्यो बाध्यता के हो भनेर खुलाएका छैनन् ।

उनले एमसीसी अनुमोदन गरेपछि एसपीपीमा नेपाललाई लैजाने प्रयास भने आफूहरुले विफल पारेको दाबी गरेका छन् ।

प्रचण्डले प्रतिवेदनमा भनेका छन्– एउटा विशिष्ट परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको बाध्यतापछि एसपीपी सम्झौतामार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास हाम्रो विशेष पहल समेतका कारण असफल पारिएको छ । एसपीपी सम्झौता सम्बन्धी पार्टीको पहलका कारण देशभित्र र बाहिर सकारात्मक सन्देश प्रवाहित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर