राहदानी विभाग अगाडि राष्ट्रिय युवा संघको खबरदारी (तस्बिरहरू) – Nepal Press

राहदानी विभाग अगाडि राष्ट्रिय युवा संघको खबरदारी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालले त्रिपुरेश्वस्थित राहदानी विभाग घेराउ गरेको छ ।

राहदानी वितरणमा भएको ढिलासुस्ती र विभागमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै सरकारलाई दबाब दिन युवा संघका कार्यकर्ताले घेराउ तथा प्रदर्शन गरेका हुन् ।

घेराउको क्रममा प्रदर्शनकारीले ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार, के गर्दैछ सरकार’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *