काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा – Nepal Press

काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्,‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।’

२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्ब। ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जितेका थिए । दर्शनाले विवेकशील पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिरहेकी छन् ।


प्रतिक्रिया

2 thoughts on “काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

  1. सोच बिचारे मात्र घोषणा गर्नुहोस, देखाउनका लागि मात्र हो भने केही छैन, अन्यथा संगठन, सदस्यता, क्रियाशिलता, योजना, कार्ययोजना, दूरदर्शिता, बजेट आदि ईत्यादि चुस्त र दुरूस्त हुनैपर्छ, देखाउनको लागि हैन कि जितिने मापदण्ड हुनुपर्यो, लहडमा जनताले एक समयमा काठमाडाैंका जनताले नानीमैयाँ दाहाल, पद्मरत्न तुलाधर आदिलाई जिताएका, भर्खर पनि स्थानीय सरकारलाई सहयोग पुग्नु उस्तै हुन्न ।

Leave a Reply to Tilak budhathoki Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर