नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित, यस्ता छन् आरोप – Nepal Press

नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित, यस्ता छन् आरोप

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।

अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरेका छन् ।

वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् ।

गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए ।

उनले केपी ओली,प्रचण्ड,माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखे लगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका हुन् ।


प्रतिक्रिया

3 thoughts on “नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित, यस्ता छन् आरोप

  1. ल सहि निर्णय भएछ । यस्ता तस्करी बुढा काम थिएन । त्यहीमाथी यी वुढा ७० वर्ष कटीसकेका छन् यस्ता बुढाखाडा जम्ममा गरेर पार्टी वनाउने नै हैन । यसको प्रस्थान विन्दु नै गलत लागी रहेको थियाे अनन्त सहि निर्णय भएछ । यि गाैतम वाजे चरम अवसरवादी, माफियाहरूको संगतमा भएका व्यक्ति हुन । चरम ढुलमुले , अवसरवादी हुन । यीनको मुल उद्देश्य भनेको शत्ता र प्रधानमन्त्री हुन सकिन्छ कि भन्ने मात्रै हो यिनलाइ कुनैपनि दलले महत्वदिनु वाश्यक छैन । अझ यस्ता बुढाहरूलाइ वोकेर कुनै गन्तव्यमा पुगिदैन । यो सफल भन्ने कुन व्यक्ति हो मलाइ थाहा चै छैन तर जे होस ठिक काम भएछ। सफललाइ सफलताको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर