युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सृजना हुने गरी विकास निर्माणमा परिचालन गरिन्छ : श्रममन्त्री कुँवर – Nepal Press

युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सृजना हुने गरी विकास निर्माणमा परिचालन गरिन्छ : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरी विकास निर्माणमा परिचालन गरिने बताएका छन् ।

शनिवार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गरे । उनले आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए ।

जोस जाँगर र देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्ने उनले कार्यक्रममा बताएका छन् ।

अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफूले समालेको जिम्मेवारी पुरा गर्नका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका छन् ।

साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर