गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्म जयन्ती मनाइयो (भिडिओ) – Nepal Press

गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्म जयन्ती मनाइयो (भिडिओ)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्म जयन्ती शनिवार कांग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जन्म जयन्तीका अवसरमा जिपी कोइराला मेमोरियल कलेजले काठमाडौंमा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको परिवर्तनमा स्वर्गीय कोइरालाले खेलेको भूमिकाको स्मरण गरे । १० वर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले अग्रणी भूमिका खेलेको उनले बताए ।

सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ ।

कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर